लियो क्लब अफ बुटवलद्वारा आश्रममा खाध्यान्न सहयोग

बुटवल। लियो क्लब अफ बुटवलले बुटवल सुख्खानगर स्थित मानवशेवा आश्रममा खाध्यान्न सहयोग गरेको छ।

कोभिड माहामारी बिचपनि आश्रममा बस्ने मानव हरुलाई कुनै पनि अभाव नहोस भनेर सामाजिक दुरि कायम गरि आश्रम ब्यावस्थापन लाई खाध्यान्न प्रदान गरिएको क्लब का अध्यक्ष हिमालय भुसालले जानकारी दिए। कार्यक्रममा क्लब का पुर्ब अध्यक्ष महेश खनाल, निबर्तमान अध्यक्ष अविनास श्रेष्ठ प्रथम उपाध्यक्ष रमेश न्यौपाने सदस्यहरू प्रतीक खनाल, सागर भुसाल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै पुर्व अध्यक्ष महेश खनालले सडक, असाहय मानव ब्यावस्थापनमा आश्रम ले गरेको कार्यको उच्छ प्रसंशा गर्दै आश्रममा करिब ३ दिनको लागि पुग्ने खाद्यान्न सहयोग गरिएको जानकारी दिए ।साथै आगामी दिनहरुमा यसको निरंतरता रहने बताए।

 
 
  
 

You may also like