देउवा निवासमा विपक्षी गठबन्धनको बैठक, माधव नेपाल र भीम रावल पनि सहभागी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा विपक्षी गठबन्धना शीर्ष नेताहरूको बैठक जारी छ ।

बैठकमा कांग्रेसबाट सभापति देउवा तथा नेताहरू रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्कीलगायत, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेताहरु कृष्णबहादुर महरा, देव गुरुङलगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी छन् । यस्तै नेकपा एमालेले कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल पनि बैठकमा सहभागी छन् ।

बैठकमा सरकारविरुद्ध रणनीति बनाउन विषयमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् । संसद् विघटनसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा सुनुवाइ जारी रहेका बेला विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका सांसदको पनि समर्थन छ ।

 

 
 
  
 

You may also like