बलिउडकी स्टारको भन्दा पनि बढी पारिश्रमिक यी टेलि अभिनेत्रीहरुको, हेर्नुस् कति छ ?

प्रायः फ्यानहरु सोच्छन् कि टेलिभिजन अभिनेत्रीहरुले के बलिउड स्टारले जति कमाई गर्लान् ? तर, बलिउडका केही टेलिभिजन अभिनेत्रीहरु छन् जो बलिउड अभिनेत्रीले भन्दा धेरै कमाई गर्छन् ।

जेनिफर विङ्गेट

जेनिफर टेलिभिजन अभिनेत्रीहरुमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन्। उनी एक एपिसोड गर्नको लागि करिब १.८५ लाख लिने गर्छिन् । साथै उनी अवार्ड कार्यक्रममा आउने रकम दोब्बर हुन्छ ।

अंकिता लोखन्डे

‘पवित्र रिश्ता’ धारावाहिककी अभिनेत्री अंकिता लोखन्डेले टेलिभिजनका निकै राम्रो कमाई गरेकी थिइन् । उनी एक एपिसोडको १.५ लाख लिने गर्थिन् ।

सनाया ईरानी

टेलिभिजनकी चर्चित अभिनेत्री ‘गुञ्जन’ अर्थात सनाया ईरानीले एक एपिसोडको पूरा १ लाख लिने गर्छिन् । साथै, उनी लघु चलचित्रमा पनि उत्तिकै कमाई गर्छिन् ।

देबोलिना

टेलिभिजनको दुनियामा ‘गोपी बहु’ को रुपमा चर्चित अभिनेत्री एक एपिसोडको ९०,००० लिने गर्छिन् ।

रश्मि देखाई

टेलिभिजनमा छोरी, बुहारी र श्रीमतीको भूमिकामा निकै चर्चित रश्मिले एक एपिसोडको ८० हजार भन्दा बढी लिने गर्छिन् ।

निया शर्मा

एसियामै ‘सेक्सी अभिनेत्री’को रुपमा चिनिएकी निया शर्माले एक एपिसोडको ७५ हजार देखि ८० हजारसम्म लिने गर्छिन् ।

हिना खान

टेलिभिजनकी ‘अक्षरा’ र ‘कसौटी जिन्दगीकी’ नयाँ ‘कोमलिका’ ले एक एपिसोडको ६५ हजार भन्दा बढी लिने गर्छिन् ।

श्वेता तिवारी

टेलिभिजनमा ‘प्रेरणा’ को नामले चिनिएकी श्वेता तिवारीले एक एपिसोडको ७५ भन्दा बढी पारिश्रमिक लिने गर्छिन् । एजेन्सी

 
 
  
 

You may also like