डेक्सिङ विमानस्थलको भव्यता, यस कारण छ विशेष

by समतल अनलाइन

काठमाडौँ । अहिले चीनको राजधानी बेजिङमा बनेको डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा विश्वभर रहेको छ । यसको सुन्दरता डिजाइन र भव्यताको विश्वभर चर्चा भइरहेको छ ।

चीनको यस भव्य विमानस्थललाई सेप्टेम्बर २५ बाट सर्वसाधारणको लागि खुल्ला गरिएको छ । चीनका राष्ट्रपति सी जीङपीङले यसको औपचारिक उद्घाटन गर्दै सर्वसाधारणका लागि खोलिएको हो ।

चिनियाँ मिडि का अनुसार यस विमानस्थलको आकार ९८ फुटबल मैदानको बराबर रहेको छ अर्थात यसको कुल क्षेत्रफ़ल ७० लाख बर्ग मित्र रहेको छ ।

एयरपोर्ट काउन्सिलका अनुसार यो विमानस्थल एटलान्टापछि विश्वको दोस्रो सबैभन्दा ठुलो र व्यस्त विमानस्थल बनेको छ ।

डेक्सिङ विमानस्थलको भव्य भवन भने विश्वको सबैभन्दा ठुलो विमान टर्मिनल बनेको छ । यस विमानस्थलमा २०२५ सम्म १७ करोड भन्दा बढी यात्रु आउने अनुमान गरिएको छ ।

यो विमानस्थल शुरु हुनासाथ बेजिङ शहर पनि न्युयोर्क, पेरिस, टोकियो र लन्डन शहर जस्तै दुई अन्तर्राष्ट्रिय विमानस्थल भएको शहर बनेको छ ।

यस विमानस्थलमा हरेक दिन १३ सय भन्दा बढी फ्लाइट हुने बताइएको छ । चार रन वे भएको यस विमानस्थल एक घण्टामा ३ सय टेक अफ र ल्यान्डिङको क्षमता रहेको छ ।

यस विमानस्थलको पुरा क्षेत्र हङकङको ठिक आधा रहेको बताइएको छ ।

यस विमानस्थलको कुल लागत ११ बिलियन अमेरिकी डलर रहेको छ । चीनको सिभिल एभियसन प्रशासनिक कार्यालयले यस विमानस्थलले करिब ६ लाख नयाँ रोजगार सिर्जना गरेको बताएको छ ।

यस विमानस्थलको डिजाइन चर्चित इराकी-ब्रिटिश आर्किटेक्ट जाहा हदिदले गरेकी हुन् । उनी प्रयोगात्मक, आक्रामक र कलात्मक डिजाइनका लागि प्रख्यात थिइन् । उनी यो परियोजना सम्पन्न नहुदै २०१६ मा यस संसारबाट बिदा भइन् ।

विमानस्थल पुग्न रेल सेवाले जोडिएको यस विमानस्थलमा बेजिङको मध्य शहरबाट पुग्न विभिन्न रेल सेवा संचालन गरिएको छ । सेन्ट्रल बेजिङबाट ११ देखि १५ मिनेटमै विमानस्थल पुग्ने गरि ४ देखि ५ रेल लाइनले जोडिएको छ ।

 
 
  
 

You may also like