झुटो नबोल्ने व्यक्ति अरुभन्दा स्वस्थ्य !

जान अन्जानमा दैनिक मानिसले कैयौँ झुट बोल्दछ । एक व्यक्तिले औसत रुपमा दैनिक १ दशमलव ६५ पटक झुट बोल्ने देखिएको छ ।

यस्तै मानिसले कतिपय बिषयमा बेइमानी गर्दछन् । तर एक अनुसन्धान अनुसार भने झुट बोल्ने वा बेइमानी गर्ने मानिसको तुलनामा इमान्दार व्यक्तिको स्वास्थ्य राम्रो रहने देखिएको छ ।

युनिभर्सिटी अफ नोट्री डेमका विशेषज्ञहरूले गरेका अनेस्टी एक्सपेरिमेन्ट नामक अनुसन्धान अनुसार इमानदारी मानिसको मानसिक र शारीरिक दुवै स्वास्थ्य राम्रो हुन्छ ।

१८ देखि ७१ वर्षका १ सय १० व्यक्तिमा गरीएको प्रयोगशाला र पोलिग्राफ परीक्षण अध्ययनमा इमान्दारसँग रहँदा स्वास्थ्य राम्रो हुने समेत पाइएको थियो ।

 
 
  
 

You may also like