अमेरिकामा कोरोना संक्रमित संख्या ३ करोड ३० लाख ९९ हजार नाघ्यो

काठमाडौँ।विश्वमा सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ३९ लाख ९९ हजार ६९० पुगेको छ ।बितेको २४ घण्टामा २४ हजार ३९३ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अवधिमा ६३० संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख ७ हजार ७२६ पुगेको छ ।

अहिलेसम्म २ करोड ७७ लाख १ हजार ८७९ जनाले कोरोनालाई जितेका छन् ।अमेरिकामा अहिले ५६ लाख ९० हजार ७५ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ६ हजार ५६१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

यो समाचार तयार पर्दा विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ९६ लाख १६ हजार ८१६ पुगेको छ ।

त्यस्तै ३५ लाख २५ हजार ५०९ जनाले ज्यान गुमाएमा छन् ।

अहिलेसम्म कोरोनालाई जित्नेको संख्या १५ करोड १४ लाख ५८ हजार ७०१ पुगेको छ ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख ३३ हजार ६०६ रहेको छ जसमध्ये ९७ हजार ९०२ को स्वास्थ्य अवस्था गम्भीर छ ।

 
 
  
 

You may also like