रुपन्देहीमा ५०४ जनाले कोरोना जिते , २३५ जना नयाँ थपिए

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घन्टामा २३५ जना कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा ७६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना

संक्रमण पुष्टि भएको हो ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २४ घन्टामा मृत्यु हुनेको संख्या १ जना रहेका छन् भने निको हुनेको संख्या ५०४ जना रहेका छन् ।

कार्यालय रुपन्देहीका अनुसारसबैभन्दा धेरै संख्यामा तिलोत्तमा नगरपालिकामा ६४ जनामा, बुटवल उपमहानगरपालिकामा ६०, सैनामैना नगरपालिकामा २६

जना, देवदह नगरपालिकामा १७ जना, सिद्धार्थनगर नगरपालिकामा १५ जना, ओमसतिया गाउँपालिकामा ११ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

जिल्लामा सक्रिय संक्रमित ३ हजार ९८७ जना रहेका छन् । रुपन्देहीमा मृत्यु हुनेको संख्या मृत्यु हुनेको संख्या ३९७ पुगेको छ ।

 
 
  
 

You may also like