अब अध्यादेशबाटै बजेट आउँछ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब अध्यादेशमार्फत नै जेठ १५ गते बजेट आउने जानकारी दिएका छन् । आज (आइतबार) पत्रकारसँगको छलफलमा उनले राष्टपति विद्यादेवी भण्डारीले यही जेठ १५ मै बजेट प्रस्तुत गर्ने बताएका हुन् । यसअघि नै घोषणा गरिएका कार्यक्रमलाई प्राथमिकता दिएर बजेट आउने उनको भनाइ छ ।

उनले कोभिडलाई प्राथमिकता दिएरै बजेट आउने स्पष्ट पारे । विकास निर्माणका आयोजनालाई प्राथमिकता दिए पनि नयाँ ठूला आयोजना नआउने प्रधानमन्त्री ओलीले बताएका छन् । उनले अघि भने, बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन ।’

आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए । तर यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस वर्ष विकासका साह्रै ठूला आकांक्षा राख्दैनौं ।’

 
 
  
 

You may also like