थप ७,६६४ ले जिते कोरोना, ७९१४ नयाँ थपिए, १९३ जनाको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ७,६६४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । अहिले देशभर ८७३ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७,९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७,९१४ जनामा संक्रमण भेटिएको हो ।

पिसिआर विधिबाट ७ हजार ५९८ र एन्टीजेन विधिबाट ३१६ जना संक्रमित पुष्टि भएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९३ जना संक्रमितको मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like