आवश्यक तयारी नपुगेपछि विपक्षी गठबन्धन भोलिमात्र अदालत जाने

काठमाडौं । तयारी नपुगेको भन्दै विपक्षी गठबन्धन भोलिमात्र सर्वोच्च अदालतमा रिट लिएर जाने भएका छन् ।परमादेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै आजै ९आइतबार० सर्वोच्च अदालतमा जाने तयारीमा रहेपनि एमालेका माधव नेपाल पक्षका सांसदहरूको हस्ताक्षर जुट्न नसकेको र अन्य तयारी पनि नपुगेकाले भोलि बिहान १० बजे अदालत जान लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिएर प्रतिनिधिसभा विघटन गर्ने खेलमा असंवैधानिक रूपमा संलग्न भएको भन्दै विपक्षी गठबन्धनले सामुहिक रिट दिन लागेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल समूह, जनता समाजवादी पार्टी ९जसपा०को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा पार्टी संलग्न गठबन्धनले सामुहिक रुपमा रिट दायर गर्न लागेका हुन् ।

 
 
  
 

You may also like