गुल्मीको सत्यवतीमा डेगुंका बिरामी फेला

by समतल अनलाइन

गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा पाँच जना डेँगीका बिरामी फेला परेका छन् । स्थानीय जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सहित चार पुरुष गरि पाँच जना बिरामीहरुमा डेंगीको संक्रमण देखिएको जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्दकी डाक्टर शिला ढकालले बताउनु भएको छ ।
डेंगीको संक्रमण देखिएका बिरामीहरु मध्य दुई जनाको वुटवल र अन्य तीन जनाको स्थानीय जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्दमा उपचार भैरहेको डाक्टर ढाकालले जानकारी दिनु भयो ।

सत्यवति गाउँपालिकामा डेंगीका बिरामीहरुको भेटिएपछि गाउँपालिकाले डेंगु परिक्षण तथा उपचारको लागि निशुल्क रुपमा व्यवस्था गरेको छ ।
सत्यवति गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले गाउँपालिकामा पाँचजना डेंगी प्रभावित बिरामीहरु फेला परेको भन्दै सबैलाई लामखुट्टेको टोकाईवाट जोगिन, घरवरिपरि पानी जम्न नदिन र ज्वरो आउनासाथ सबैलाई नजिकको स्वास्थ्य संस्थामागई डाक्टरहरुको परामर्श लिन समेत सबैमा आग्रह गर्नु भएको छ ।
गुल्मीमा पहिलो पटक सत्यवति गाउँपालिकाका यसरी डेंगीका बिरामीहरु फेला परेका हुन् । जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द उपचारमा यतिवेला ज्वरोका बिरामीहरुको चाँप समेत बढ्दै जान थालेको छ । हाल दैनिक १ सय २५ जना ज्वरोका बिरामीहरु अस्पतालमा उपचारका लागि आउने गरेका छन् । उक्त स्वास्थ्य केन्द्रमा दरवन्दी अनुसार कर्मचारीहरु नहुँदा उपचारमा समस्या परेको बताईएको छ ।

प्रतिक्रि

 
 
  
 

You may also like