रुपन्देहीमा थपिए ३०९ जना संक्रमित , १० जनाको मृत्यु

बुटवल ।रुपन्देहीमा पछिल्लो २४ घन्टामा ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवलमा १०६ जनामा ,  तिलोत्तमामा  ८३ जना, सिदार्थनगरमा २७ जना , देवदहमा २२ जना , सैनामैनामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसै गरी सियारि र रोहिणीमा ५/५ जना , गैडहवा र मायादेविमा ३/३ जना , ओमसटियामा १४ जना , शुद्दोदनमा ९ जना , लुम्बिनी सांस्कृतिकमा २ जना कन्चानामा ४ जना कोतहीमाई १ जना र मर्चवारी , सम्मरीमाइमा संक्रमण शुन्य रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।

रुपन्देहीमा मृत्यु हुने संख्या ३ सय ७७ जना पुगेको छ भने ५ हजार ८८८ जना सक्रिय संक्रमित रहेका छन् ।सक्रिय संक्रमित २४ प्रतिशत , मृयुदर २ प्रतिशत र निको हुने ७४ प्रतिशत रहेको छ भने ५५२९ जना होमआइसोलेसनमा रहेका छन् ।

 
 
  
 

You may also like