इजरायल र प्यालेस्टाइन भिडन्तमा ६१ बालबालिकासहित २१२ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ । गत सोमबारदेखि दुबै पक्षबाट लगातार आक्रमण भइरहे पनि युद्ध विरामको कुनै सम्भावना देखिएको छैन ।

अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २१२ प्यालेस्टिनीको मृत्यु भएको तथ्यांक छ । इजरायलतर्फ दुई बालबालिकासहित १० जना मारिएका छन् । इजरायलले गाजामा मारिएका अधिकांश हमासका बिद्रोही लडाकु रहेको दावी गरेको छ । तर हमास समूहले भने मारिने सबै सर्वसाधारण रहेको बताएको छ ।

इजरायलले आफ्नो प्रतिरक्षाका लागि हवाई आक्रमण जारी राख्ने बताईरहेको छ । मध्यपूर्वमा हिंसा रोकिने लक्षण नदेखिएपछि अन्तर्राष्ट्रिय जगतले चिन्ता र चासो बढाएका छन् । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, जर्मनी, फ्रान्सलगायतका मुलुकले तत्काल युद्धविराम गर्न अपिल गरेका छन् । एजेन्सी

 

 
 
  
 

You may also like