जलवायु परिवर्तन बारे १६ बर्षिय ग्रेटाको भावुक भाषण

by समतल अनलाइन

काठमाडौँ । अहिले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धि शिखर सम्मलेनमा स्वीडेनकी १६ बर्षिय ग्रेटा थनवर्गको भाषण विश्वभर निकै चर्चित बनेको छ ।

विश्वका नेताहरुलाइ कडा व्यंग्य गर्दै ग्रेटाले गरेको भाषणले अहिले उनी विश्वभर चर्चित मात्र बनेकी छैनन्, विश्वका नेताहरुको आँखा खोल्न समेत सफल हुने चर्चा गरिएको छ ।

१६ बर्षिय पर्यावरण अधिकारकर्मी ग्रेटाले भाषणका क्रममा विश्वका नेताहरुलाई तिमीहरुले हाम्रो सपना हाम्रा बालापन आफ्ना खोक्रा भाषणले छिनेको आरोप लगाएकी छन् ।

निकै आक्रामक तर भावुक भाषण गरेकी ग्रेटाले भनिन्-

यो पुरै तरिकाले गलत हो, म यँहा नहुनु पर्ने हो । म महासागरको अर्को पट्टि कुनै स्कुलमा हुनुपर्ने थियो…तिमीहरुले युवाहरुको नाममा आशा देखाई रह्यौ । कसरी त्यस्तो गर्न सक्छौ ? तिमीहरुले मेरो सपना र बलापना दुवै तिमीहरुका खोक्रा आस्वासन र भाषणले चोर्यौ ।

मानिसहरु प्रभावित भएका छन्, मानिसहरु मरिरहेका छन्, सबै इको सिस्टम कोल्याप्स हुदै छ । हामि ठुलो नरसंहारको नजिक छौ तर तिमीहरु पैसा र आन्तरिक आर्थिक वृद्धिको कथा मात्र सुनाइरहेका छौ । तिमीहरु कसरी यस्तो गर्न सक्छौ ?

३० बर्षका वैज्ञानिक आँकडा हाम्रा अगाडी छन् । तर समस्यासँग लड्नका लागि भएका राजनीतिक कोशिश र समाधान कतै देखिदैनन् । जलवायु परिवर्तनको यस्तो विकराल अवस्थालाई तिमीहरुले यस्तो हिसाबले कसरी समाधान गर्न सक्छौ ? अहिले युवाहरुले विश्वका नेताहरुको नियत बुझ्न थालेका छन् ।

यदि जलवायु परिवर्तनको सामना गर्न र समाधान गर्ने योजना दिन सकेनौ भने युवा पिढीले तिमीहरुलाई माफ गर्ने छैनन् । हामि तिमीहरुलाई यसबाट भाग्न दिदैनौ । अहिले विश्व जागिसकेको छ, तिमीहरुले चाहे पनि नचाहे पनि विश्वमा परिवर्तन हुदै छ ।

को हुन् ग्रेटा ?

ग्रेटाको जन्म २००३ को जनवरीमा भएको हो । अभिनेता पिता र गायिका माताको कोखबाट जन्मिएकी ग्रेटाले ११ बर्षको उमेरबाट जलवायु परिवर्तनको बारेमा बुझ्न शुरु गरेकी थिइन् । उनी आफ्नो कुरा बेबाक तरिकाले आँकडा सहित राख्न माहिर मानिनन्छिन् । अहिले जलवायु परिवर्तनको मुद्धामा उनी विश्वकै एक आइकन बनिसकेकी छन् । २०१८ मा उनको अभियानमा २४ देशका करिब १७ हजार बालबालिकाले भाग लिएका थिए । उनको यस अभियानमा अहिलेसम्म १३५ देशका करिब ३६ लाख बालबालिकालाई जोडिसकेकी छन् ।

ग्रेटाले संयुक्त राष्ट्रसंघमा दिएको भाषण :

 
 
  
 

You may also like