जलकुम्भीले कुरूप भयो फेवाताल (फोटो फिचर)

by समतल अनलाइन

पोखरा । फेवाताल पोखराको प्रमुख पर्यटकीय स्थल हो । पोखरा जाने हरेक आन्तरिक र बाह्य पर्यटक फेवाताल नपुगी फर्किदैनन् । तर फेवातालमा हरेक बर्ष जलकुम्भी झारले ढाकेर कुरूप नै बनाएको विषय निकै पुरानो हो ।

यस बर्ष पनि अहिले जलकुम्भीले पुरै ताल ढाकेको छ । फेवा तालको हल्लनचोक, बाराहीघाट, डिहीकोपाटन, बसुन्धरापार्क, ड्यामसाइड किनारमा जलकुम्भीले तालको सौन्दर्यलाई मात्र बिगारेको छैन, भ्रमण बर्षको पुर्व सन्ध्यामा देश र सरकारहरुलाई पनि जिस्काएको छ । स्थानीय डुंगा व्यवसायीहरुले यस पटक जलकुम्भी बढी नै देखिएको बताएका छन् ।

डुंगा व्यवसायी समिति, सुरक्षाकर्मी, स्थानीय आमा समूह, क्लब, विभिन्न संघसंस्थाले हरेक बर्ष जलकुम्भी झार फाल्दै आएका छन् । गत वर्षदेखि भने मेसिनबाट जलकुम्भी झार फाल्ने गरिएको छ । जलकुम्भी यतिधेरै छ कि सबै सफा गर्न एकदेखि डेढ महिना लाग्छ । पर्यटकीय मौसम सुरु भएको बेलामा फेवाताल जलकुम्भीले ढाकिएपछि पर्यटन व्यवसायी समेत चिन्तित छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपैयाँमा मेसिन ल्याइएको हो । क्यानडाबाट ल्याइएको मेसिनको तौल २ टन छ । मेसिनको लम्बाइ ३६ फिट र चौडाइ ८.५ फिट रहेको सो मेसिनले अहिले हरेक दिनमा १५–१६ ट्रिप जलकुम्भी झार निकाल्ने गरेको छ तर मेसिनले मात्र झार निकाल्न एक महिनाभन्दा बढी लाग्ने बताइएको छ ।

हेरौ फेवाताललाई कुरूप बनाएको जलकुम्भीको फोटो फिचर :

 

 
 
  
 

You may also like