रुपन्देहीमा निरन्तररुपमा संक्रमणदर मृत्युद घट्दै

थप संक्रमित ३९४ जना संक्रमित , ६ जनाको मृत्यु 
बुटवल  । रुपन्देहीमा केहि दिन देखि मृत्युदर र संक्रमणदर घददै गएको छ।पछिल्लो २४ घन्टामा रुपन्देहीमा आरटिपिसिआरबाट चेक गर्दा ३९४ जना कोरोना संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २४ घन्टामा मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार संक्रमि सबै भन्दा बढी बुटवल उपमहानगर पालिकामा ७८ जना महिला र ८८ जना पुरुष गरि १ सय ६६ जना संक्रमित देखिएका छन् । तिलोत्तमा नगरपालिकामा ३७ जना महिला र ४९ जना पुरुष गरि ८६ जना रहेका छन्, सिद्धार्थनगर नगर पालिकामा १५ महिला र २६ पुरुष गरि ४१ जना, सियारी गाउँपालिकामा ४ जना महिला र २ जना पुरुष गरि ६ जना, देवदह नगरपालिकामा १२ जना महिला र ९ जना पुरुष गरि २१ जना,  सैनामैना नगरपालिकामा १२ महिला र २० पुरुष गरि ३२ जना संक्रमित भएका छन् ।                                                                                          त्यसैगरि  ओमसतिया गाउँपालिकामा १० जना पुरुष, कन्चन गाउँपालिकामा ६ महिला र ६ पुरुष गरि १२ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसै गरि मायादेवी गाउँपालिकामा २ जना महिला र ३ जना पुरुष गरि ५ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ महिला र ३ जना पुरुष गरि ४ जना, शुद्धोधन गाउँपालिकामा १ जना महिला र गैडहवा गाउँपालिकामा २ जना महिला र १ जना पुरुष गरि ३ जना, रोहिणी गाउँपालिकामा ४ महिला र ४ जना पुरुष गरि ८ जना र कोटहीमाई गाउँपालिकामा २ जना पुरुषसंक्रमित रहेका छन् ।जिल्लाको मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिका रसंक्रमितको संख्या शून्य देखिएको छ ।

रुपन्देहीमा हालसम्म मृत्यु हुनेको संख्या ३ सय ५१ र सक्रिय संक्रमितको संख्या घटेर ६ हजार ९ सय १४ जना पुगेको छ । रुपन्देहीमा मृत्युदर १ प्रतिशत , ३१ प्रतिशत सक्रिय संक्रमित र ६८ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। त्यसै गरि ६ हजार ५ सय ८४ जना होम आईसोलेसनमा बसी रहेका छन् । जिल्लामा अहिले सक्रिय संक्रमित मध्ये ३ सय ३० जना लक्षण सहितका संक्रमित रहेको छ।

 
 
  
 

You may also like