प्रधानमन्त्रीको सपथविरुद्ध सर्वोच्चमा रिट, सांसद नरहेका सात मन्त्री नियुक्तिबारे उठ्यो प्रश्न`

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गर्दै रिट परेको हो ।

शपथ र शपथपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्ति विरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को रिट पेश गरेका छन् । उनको रिटमा पुर्‍याउनु पर्ने रित पूरा नभएको र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेकाले आज दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महाशाखाले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिँदा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने शब्द छुटाएका थिए ।

उनले उक्त वाक्य ‘पर्दैन’ भनेर राष्ट्रपतिलाई नै सिकाएका थिए । नेकपा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त भएको तीन दिनपछि बिहीबार राष्ट्रपति भण्डारीले पुनः प्रधानमन्त्री नियुक्त गरका थिए ।

 

 
 
  
 

You may also like