बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याऊ नभन्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको व्यवस्था अस्पताल आफैले गर्न निर्देशन दिएको छ । कतिपय अस्पतालहरूमा संक्रमितका आफन्तलाई अक्सिजन लिएर आउन भन्ने गरिएकोप्रति ध्यानाकर्षण भएको भन्दै अस्पतालले नै अक्सिजनको व्यवस्था गनुएपर्ने भन्दै मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार बोल्दै अक्सिजन व्यवस्थापनको जिम्मा अस्पतालको भएकाले संक्रमित वा बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनु भनेर अनावश्यक तनाव दिन नपाइने बताए । डा. गौतमले चीन र मस्कटबाट आइतबार आएको अक्सिजन सिलिन्डर सबै प्रदेशमा क्रमशः वितरण गरिने पनि जानकारी दिए ।

 

 
 
  
 

You may also like