59
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टााम देशभरबाट थप ६,६४८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । सोही अवधिमा नेपालमा थप ७,३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १४५ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ५३९ र एन्टिजेन विधिबाट ३४४ जनाको परीक्षण गर्दा ७,३६८ जनामा संक्रमण पुष्टि भएको हो ।