भारतमा घट्न थाल्यो कोरोना संक्रमण, दैनिक संक्रमित भन्दा निको हुने बढे

नयाँदिल्ली । भारतमा पछिल्ला केहि दिनयता कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको संख्या बढ्न थालेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।

मुलुकभरी कोभिड–१९ बाट दैनिक थप सङ्क्रमित हुनेको संख्या शुक्रबार तेस्रो दिन पनि सङ्क्रमित संख्याभन्दा बढी देखिएको मन्त्रालयले जनाएको छ । शुक्रबार तीन करोड ४४ हजारभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन् ।

सङ्क्रमितको संख्या लगातार निको हुनेकोभन्दा कम हुनुलाई सङ्क्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञले लिएका छन् । दश राज्यमा निको हुनेको संख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म सङ्क्रमित हुनेको संख्या दुई करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितको संख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कमी हो । एजेन्सी

 
 
  
 

You may also like