रुपन्देहीमा थप ५१४ जनामा कोरोना संक्रमण , ९ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा थप ५१४ जना कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वस्थ्यले जारी गरेको तथ्यांकका अनुसार पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु भएको छ।

जिल्ला स्वस्थ कार्यलयका अनुसार बुटवलमा १ सय ५४ जना , तिलोत्तमामा १ सय ६५ जना , सिद्धार्थनगरमा ४५ जना, सियारीमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसै गरि देवदहमा २६ जना , सैनामैनामा ३० जना ,
ओमसतियामा १० जना, कन्चनमा १६ जना , मायादेवीमा ४ जना , लुम्बिनी सांस्कृतिकमा २ जना , शुद्धोधनमा ६ जना र कोटहीमाईमा १ जना

पछिल्लो २४ घण्टामा रुपन्देहीका ४ वटा स्थानिय तहमा कोरोना संक्रमितको संख्या शून्य रहेको जिल्ला स्वस्थ कार्यलयको तथ्यांकमा उल्लेख छ।

रुपन्देहीमा संक्रमणमा परि मृत्यु हुनेमा २ प्रतिशत मात्र रहेका छन् । जिल्लामा ३३ प्रतिशत सक्रिय संक्रमित र ६५ प्रतिशत निको भएको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।

जिल्लामा अहिले सक्रिय संक्रमित मध्ये ३ सय ४२ जना लक्षण सहितका संक्रमित रहेको र उनिहरुको बिभिन्न पालिकामा रहेको आईसोलेसन सेन्टरमा उपचार भई रहेको छ । यस्तै अन्य ७ हजार ६६ जना होम आईसोलेसनमा बसी रहेका छन् ।

 
 
  
 

You may also like