सिंगो गाउँलाई माक्स, सेनिटाईजर वितरण

बुटवल ।रुपन्देहीमा रहेको नव ज्वोति युवा जागारण समुह संस्थाले कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का १६ वटा गाउँका ७ सय घरधुरीलाई माक्स, सेनीटाईजर, लगायतका स्वाथ्य सामग्री प्रदान गरेको छ ।

गाउँपालिकामा रहेका स्थानियहरुको माग र आग्रहमा सिंगो गाउँका घर परिवारमा घर घर गएर उक्त स्वाथ्य सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष जगन्नाथ बस्यालले जानकारी दिए । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष नरेश अहिर, गाउँपालिकाका समाजेवी शुसिल राज पाण्डे, नेपाल स्वयसेवी रक्तदाता समाज रुपन्देहीका उपाध्यक्ष भिष्म केसी, नेपाल प्रहरी लवनी प्रहरी चौकीका निरिक्षक बमदेव पौडेल, लुम्बिनी प्रादेशिक अस्पतालका माया घिमिरे, वडा नम्बर ४ का वडा सदस्य धर्म राज अहिर, राज कुमार चाई, महिला सदस्य चैनमती भुज, उषा थोबी वडा सचिव राजेश कुमार कुर्मी लगायतको सहभागीतामा गाउँमा का स्थानियहरुलदाई स्वाथ्य सामग्री प्रदान गरिएको हो ।

शुद्धोधन गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा वितरण गरिएको स्वाथ्य सामाग्रीबाट खासगरी कोभिड १९ रोकथाममा विशेष भुमिका खेल्ने अपेक्षा लिएको वडा नम्बर ४ का अध्यक्ष नरेश अहिरले जानकारी दिए ।

स्वाथ्य सामाग्री वितरण अभियानमा गाउँपालिकामा रहेको स्वाथ्य चौकी, स्वाथ्य स्वयमसेविकाहरुको सहयोग रहेको थियो । संस्थाले घर परिवारको आवश्यकता अनुसार स्वाथ्य सामग्री वितरण गरेको हो भन स्वाथ्य चौकीका स्वाथ्य कर्मीहरुलाई ५÷५ लिटर सेनिटाईज। माक्स ििहत वडा कार्यालयमा पनि ५ लिटर सेनिटाईजर र प्रहरी चौकी लबनीको लागि पनि ५÷५ लिटर स्यानेटाईजर, माक्स, लगायतका स्वाथ्य सामग्री प्रदान गरिएको संस्थाका कोषाध्यक्ष अनिता ज्ञवालीले जानकारी दिईन ।

 
 
  
 

You may also like