कोरोनाबाट वर्ल्डलिंकका सञ्चालक जलानको मृत्यु

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोभिड–१९ संक्रमणका कारण बिहीबार निधन भएको छ ।

कम्पनीको संस्थापक समेत रहेका जलानको बिहिबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । करिब दुई साताअघि कोभिड–१९ को संक्रमणको आशंका भएपछि परीक्षण गराएका जलानको रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए । सोही उपचारकै क्रममा बिहिबार विहान उनको मृत्यु भएको हो । जलान हाल ४७ वर्ष उमेरका थिए ।

 

 
 
  
 

You may also like