बुटवलमा ३९५ सहित रुपन्देहीमा ९०७ जनामा कोरोना संक्रमण पुष्टि , १६ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा थप ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार १६ जनाको कोरोना बाट पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवलमा सबैभन्दा बढी ३९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिदार्थनगरमा १०२ जना , तिलोत्तमामा १७४ जना , देवदहमा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सैनामैनामा ५९ जना , रोहिणीमा २१ जना , शुद्दोधनमा १३ जना , सियारिमा ५ जना , गैडहवा र मायादेविमा ९ जना , ओमसतियामा १४ जना , कन्चनमा १३ जना , मर्चावारिमा १ जना र कोतहिमाईमा ३ जना संक्रमण पुष्टि भएको हो ।

रुपन्देहीमा हालसम्म ३०९ जनाको मृत्यु भैसकेको छ भने निको हुने ६३ प्रतिशत रहेको छ । रुपन्देहीमा सक्रिय संक्रमित सात हजार दुई रहेका छन् ।

 
 
  
 

You may also like