रुपन्देहीमा थप ५५६ जना कोरोना संक्रमण पुष्टि , १४ जनाको मृत्यु

बुटवल  । रुपन्देहीमा थप ५५६ जनाको कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार  पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ  ।

स्वास्थ्य कार्यालय रुपन्देहिका अनुसार बुटवलमा १७९ जना , सिदार्थमा १२० जना , तिलोत्तमा ९९ जना ,  सियारिमा ४२ जना , देवदहमा १९ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै  गैडहवामा ४ जना , मायादेविमा १५ जना , मर्चावारिमा ३ जना , सैनामैनामा १६ जना , ओमसतियामा २५ जना , कन्चनमा १० जना  , रोहिणीमा ९ जना , लुम्बिनी सांस्कृतिकमा ५ जना , शुद्दोधनमा ६ जना , कोताहिमाईमा ४ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ६५३० जना पुगेका छन् भने मृत्यु हुनेको संख्या  हालसम्म २९३ जना  पुगेको छ ।

 

 
 
  
 

You may also like