५,२२५ कोरोना संक्रमित निको, थप ९,४८३ जनामा संक्रमण, २२५ को मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ५,२२५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै सोही अवधिमा थप ९,४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२० हजार ५९६ जनाको पिसिआर परीक्षणमा र ७२० जनाको सीमा नाकामा एन्टिजेन गरी २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९,४८३ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३,९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २,७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन् । हाल ४४८ जना संक्रमित क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा २२५ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो । योसहित नेपालमा ४,८४ संक्रमितको मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like