इजरायलद्धारा गाजा पट्टीमा हवाई आक्रमण : २० को मृत्यु, अधिकाशं बालबालिका

काठमाडौं। इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा २० जनाको मृत्यु भएको छ । मारिनेमा अधिकाशं बालबालिका छन् । गाजामा शासन गरेका कम्तिमा तीन जना लडाकु पनि मारिएको इजरायली सेनाले दाबी गरेको छ । प्यालेष्टाइनी लडाकुले जेरुसलममा श्रृंखलाबद्ध रकेट प्रहार गरे लगत्तै इजरायलले जवाफी कारबाही स्वरुप हवाई आक्रमण गरेको हो ।

इजरायल र प्यालेस्टाइनबीच पछिल्ला समय लगातार झडपहरु भइरहेका छन् । यसअघि हिजो जेरुसलममा इजरायली प्रहरीसंगका झडपमा कयौं प्यालेष्टाइनी घाइते भएका थिए । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासबिरुद्ध इजरायलले कारबाही जारी राख्ने चेतावनी दिएका छन् ।

अमेरिका, युरोपियन युनिएन र बेलायतले भने तनाव चाँडो भन्दा चाँडो मत्थर पार्न दुबै देशलाई आग्रह गरेको छ । प्यालेस्टाइनले जेरुसलममा रहेको प्रख्यात अल अक्सा मस्जिद आफनो भएको जनाउँदै आएको छ । इजरायलले पनि सो मस्जिद आफूहरुको पवित्र धार्मिक स्थल दाबी गरेपछि यही मस्जिदको बिषयमा दुई देशबीच तनाब बढेको हो । एजेन्सी

 

 
 
  
 

You may also like