अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहकालाई कोरोनाको खोप

काठमाडौं । अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको छ ।

अमेरिकाको खाद्य तथा औषधि नियामक एफडीएले १२ देखी १५ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको न्यूयोर्क टाइम्सले जनाएको छ । एफडीएले यस अघि १२ देखी १५ वर्ष उमेर समूहलाई खोप दिन परीक्षण भएर नतिजा राम्रो आएको बताएको थियो ।

खोपको उत्साहजनक नतिजा आएपछि प्रयोगको अनुमति दिएको हो । अमेरिकाले अब विद्यालय र विश्वविद्यालय तहमा खोप अभियान सञ्चालन गर्ने जनाएको छ । फाइजरले १२ वर्ष मुनीका बालबालिकाको लागि पनि खोपको परीक्षण भइरहेको जनाएको छ । एजेन्सी

 

 
 
  
 

You may also like