सगरमाथा आधार शिविरबाट फर्केका थप चार जनामा कोरोना संक्रमण

सोलुखुम्बु । सगरमाथा आधार शिविरबाट फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताइन् ।

सगरमाथा आधार शिविरमा पुगेका उनीहरु लक्षण देखिएपछि आइतबार लुक्ला झरेका थिए । सोमबार एण्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।

उनीहरु पर्यटकको सहयोगीका रुपमा सगरमाथा क्षेत्र गएका थिए । यससँगै सगरमाथा आधार शिविरबाट फर्किएका २० जनामा संक्रमण पुष्टि भएको छ । पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहीमा भने कोरोना संक्रमण देखिएको छैन
शिखरतर्फ जान तयारी अवस्थामा रहेका आरोही र उनीहरुका सहयोगीले स्वास्थ्यको मापदण्ड पालना गरेकाले पनि कोरोनाको कुनै प्रभाव नरहेको उनको भनाइ छ । रासस

 

 
 
  
 

You may also like