रुपन्देहीमा पछिल्लो २४ घन्टामा थप ५७९ जनामा कोरोना सक्रमण , ११ जनाको मृत्यु

बुटवल ।रुपन्देहीमा थप ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वस्थ कार्यलय रुपन्देहीका अनुसार १२८४ जना परिक्षण गरिएकोमा ५७९ जना पोजेटिभ देखिएका हुन ।

जिल्ला स्वस्थ्य कार्यलय रुपन्देहीका अनुसार बुटवलमा २५१ जना , सिद्धार्थ नगरपालिकामा ९०, तिलोत्तमा नगरपालिकामा १३५, सियारी गाउँपालिकामा ८, देवदह नगरपालिकामा २०, गैडहवा गाउँपालिकामा १ , मायादेवी गाउँपालिकामा ९ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी सैनामैना नगरपालिकामा ३२, ओमसतिया गाउँपालिकामा १४, कञ्चन गाउँपालिकामा १२, रोहिणी गाउँपालिकामा ४, शुद्धोधन गाउँपालिकामा ९ र सम्मरीमाई गाउँपालिकामा २ जना कोरोना संक्रमित थपिएका हुन ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा जिल्लामा ११ जना कोरोना सक्रमितको मृत्युु भएको छ भने रुपन्देहीमा हालसम्म मृत्यु हुनेको संख्या २ सय १६ पुगेको छ ।

 
 
  
 

You may also like