82
बुटवल ।रुपन्देहीमा थप ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार बुटवल उप- महानगर पालिकामा २११ जना , तिलोत्तमा नारापालिकामा ७३ जना , सैनामैना नगरपालिकामा १६ जना , सियारी गाउँपालिकामा ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
त्यस्तै देवदह नगरपालिकामा २० जना , गैडहवा गाउँपालिकामा २ जना . मायादेवी गाउँपालिकामा ८, मर्चवारी गाउँपालिकामा १, ओमसतिया गाउँपालिकामा ७, कञ्चन गाउँपालिकामा ८, रोहिणी गाउँपालिकामा २, लुम्बिनी साँस्कृतिक नगरपालिकामा २, शुद्धोधन गाउँपालिकामा ८ र कोटहिमाई गाउँपालिकामा २ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
रुपन्देहीमा पछिल्लो २४ घन्टामा ४ जना संक्रमितको मृत्यु भएको छ भने संक्रिय संक्रमितको संख्या २ हजार ९३० जना रहेका छन् ।
रुपन्देहीमा हालसम्म १९१ जनाको मृत्यु भएको छ।