मान्छेबाट कोरोना संक्रमित बनेको बिरालो बिरामी

काठमाडौं । स्कटल्याण्डको युनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरुले मानिसबाट दुई बिरालोमा कोरोना सरेको तथ्य पत्ता लगाएका छन् । बेलायतमा गरिएको अनुसन्धानमा बिरालोमा मान्छेबाट कोरोना सरेको देखिएको हो ।

कोरोना संक्रमित दुई बिरालो बिरामी देखिएको थियो र तिनीहरुमा स्वासप्रस्वासको समस्या देखिएको बताइएको छ । भेटेरिनेरी रेकर्डमा प्रकाशित अनुसन्धानअनुसार बिरालोका मालिकबाट कोरोना सरेको थियो ।

सो अनुसन्धानअनुसार हालसम्म बेलायतमा बिरालो, कुकुर तथा अन्य घरपालुवा जनवारबाट मान्छेमा कोरोना फैलिएको तथ्य भेटिएको छैन । यद्यपी यस्ता जनावरले मानिसमा कोरोना सार्न भूमिका खेल्नसक्ने बताइएको छ । एससीएमपी

 

 
 
  
 

You may also like