उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । उनलाई सोमबार कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।

रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । उनी हालै गृह जिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए ।

 

 
 
  
 

You may also like