बुटवल उवासंघमा दैनिक उपभोग्य र प्लाष्टिक बस्तुगत समिति गठन

बुटवल। बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा दैनिक उपभोग्य र प्लाष्टिक बस्तुगत समिति गठन गरिएको छ । विषयगत सदस्य व्यबसायीहरुको भेलाले सर्बसम्मत रुपमा समिति गठन गरेको हो ।

दैनिक उपभोग्य बस्तुगत समितिको सभापतिमा उमेश अमात्य, उपसभापतिमा नारायण भुसाल, सचिवमा माधव पोखरेल, कोषाध्यक्षमा अम्बरबहादुर कार्कीलाई चयन गरिएको छ । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा देवेन्द्रप्रसाद जयसवाल, रामप्रसाद पन्थ, सञ्जिव श्रेष्ठ, कृष्ण अग्रहरी, सादाव अहमद, लोकनाथ न्यौपाने र महेश अर्याल रहनु भएको छ ।

त्यस्तैगरी प्लाष्टिक बस्तुगत समितिको सभापतिमा शोभाकर भुसाल तथा उपसभापतिमा रुपकप्रसाद वञ्जाडे र सदस्यहरुमा विनित कसौधन, गुलाम वारिस, दिनेश वजिमय, सुशिल गैरे र कपिलराज अधिकारीलाई चयन गरिएको छ । त्यसैगरी हिमलाल पोख्रेल, हिरामणी भट्टराई र कोषलराज गैरेलाई सल्लाहकारमा चयन गरिएको छ ।

त्यस अवसरमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले व्यबसायिक समस्या समाधानको लागि हातेमालो गर्न आग्रह गर्नुभयो । बुटवल उद्योग बाणिज्य संघ यस क्षेत्रको निजी क्षेत्रको अग्रणी संस्था भएको र संघले लिने निर्णयमा सबैको ध्यान खिचिने भएकाले त्यसतर्फ गम्भिर हुन पनि सबैलाई आग्रह गर्नुभयो ।

संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, टिकाराम बञ्जाडे, निर्मित कसजू, जमुना पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 
 
  
 

You may also like