विदेशी शक्तिको आडमा संविधान मिचियो : प्रचण्ड

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले नेपालमा विदेशी शक्तिको आडमा संविधान मिच्ने काम भइरहेको बताएका छन् ।

कम्युनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा बिहीबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले तत्कालीन नेकपाको विभाजन रोक्न नसकिएको बताउँदै एकता जोगाउन नसके पनि आफूहरु पराजित भने नभएको बताए ।

प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उनलाई बहुमतले पराजित गरेको बताए । उनले तत्कालीन नेकपाका अध्यक्ष ओलीले पार्टीमा विदेशी शक्तिको आडमा संविधान मिचेको आरोप लगाए । ‘एक तिहाइ बहुमत लिएर बसेकाहरु विदेशी शक्तिको आडमा मात्रै कानुन, संविधान मिच्ने, मूल्य–मान्यता मिच्ने काम भएको छ’, उनले भने । संसद् विघटनविरुद्ध सडकमा गएका पार्टीहरु एउटा मोर्चामा खडा हुनुपर्ने पनि उनले बताए ।

 
 
  
 

You may also like