२४ घण्टामै थप २,४२८ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको १० हजार ४४८ जनाको पिसिआर परीक्षणमा २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म गरिएको २३ लाख ७९ हजार ४०२ जनाको पिसिआर परीक्षणमा २ लाख ९२ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २५२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७६ हजार ३४५ जना संक्रमित निको भइसकेका छन् । आज देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी ८१ जना क्वारेन्टाइनमा छन् ।

 

 
 
  
 

You may also like