कोरोनाको ‘हटस्पट’ बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन घोषणा गरिएको हो ।

लकडाउनका समयमा सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारी मात्र काममा रहने व्यवस्था मिलाइएको त्यहाँको सरकारले जनाएको छ । विवाह महोत्सव २५ जनाको समूहमा २ घण्टामा उपस्थित हुन पाउने प्रावधान तय गरिएको छ ।

साथै एक जिल्लाबाट अर्को जिल्लामा कोही पनि आवतजावत गर्न नपाइने नियम लागु गरिएको छ । महाराष्ट्र राज्यमा हिजो एकै दिन ६७ हजार भन्दा बढी संक्रमित पुष्टी हुनुका साथै ५ सय बढीको मृत्यु भएपछि त्यहाँ लकडाउन गरिएको महाराष्ट्र राज्य सरकारले जनाएको छ ।

यसैबीच महाराष्ट्रमै अक्सिजन ट्यांक लिक हुँदा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जकिर हुसेन नगर अस्पतालमा बिरामीले अक्सिजन नपाउँदा उनीहरुको मृत्यु भएको एनडीटीभीले उल्लेख गरेको छ ।

ट्यांकबाट अक्सिजन चुहावट हुँदा आधा घण्टासम्म अक्सिजन पाएका थिएनन् । सो अस्पतालमा मृत्यु हुने सबैजना भेन्टिलेटरमा रहेको बताइएको छ । अस्पतालमा १५० जना कोराना संक्रमित अस्पताल भर्ना भएका छन् । एजेन्सी

 

 
 
  
 

You may also like