रुपन्देहीमा बुधवार ११८ जनामा कोरोना सक्रमण पुष्टि

बुटवल।रुपन्देहीमा बुधवार ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५४८ जना पुगेको छ ।

यससंगै  रुपन्देहीमा संक्रमितको संख्या ९ हजार ७ सय ४९ पुगेको छ। जसमध्ये १६३ जनाको मृत्यु भएको छ भने ९ हजार ३८ जना निको भएका छन्।

बुटवलका ३२ पुरुष र २५ महिला गरी ५७ जना, तिलोत्तमाका १२ पुरुष र १२ महिला गरी २४ जना, सिद्धार्थनगरका ११ पुरुष र ७ महिला गरी १८ जना, देवदहका महिला ४ जना, मायादेवीका २ पुरुष र १ महिला गरी ३ जना, ओमसतियाका २ पुरुष र २ महिला गरी ४ जना, सैनामैनाका २ पुरुष, लुम्बिनी सांस्कृतिकका १ पुरुष र १ महिला गरी २ जना, कञ्चन, रोहिणी, शुद्दोदन , समरीमाइका १-१ जना गरी ११८ जना संक्रमित थपिएका हुन्।

 

 
 
  
 

You may also like