म्यानमारमा एकै दिन थप ८० प्रदर्शनकारी मारिए, सेनाले नै लग्यो शव

काठमाडौं । म्यानमारको बागो शहरमा सैन्य कूविरुद्ध भएको पछिल्लो प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर थप ८० प्रदर्शनकारी मारिएका छन् ।
म्यानमारको समाचार आउटलेट असिस्टेन्स एशोसिएशन फर पोलिटिकल प्रिजनर्शका अनुसार शुक्रबार एकै दिन ८० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको हो । सेनाले शवहरु आफै लगेकाले मृतकको यकिन तथ्यांक अझै पत्ता लाग्न नसकेको बताइएको छ ।
यंगुनकोे उत्तर पश्चिम क्षेत्रमा रहेको बागो शहरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले बिहानैबाट कारवाही गरेको थियो । म्यानमारमा जननिर्वाचत सरकारलाई अपदस्थ गरी गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याए यता चर्किएको प्रदर्शनमा ६१८ जनाको मृत्यु भइसकेको छ ।

सेनाले सत्तामा आफ्नो पकड कायमै रोक्न दमन थप बढाएको छ । यसैबीच म्यानमारमा जारी आन्दोलनमाबीच सयौं सर्वसाधारणले आफनो देश छोडेर पलायन भएका छन् ।

यता म्यानमारका अपदस्थ सांसदहरु र संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदुतले सुरक्षा परिषद्का सदस्य राष्ट्रलाई म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् । राष्ट्रसंघको बैठकले भने म्यानमारलाई असफल राष्ट्रको संघारमा पुगेको भन्दै त्यहाँको सैन्य नेतृत्वलाई चेतावनी दिएको छ । एजेन्सी

 

 
 
  
 

You may also like