इन्डोनेसियामा शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु, क्षतिको विवरण संकलन हुँदै

काठमाडौं। इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । एएफपीका अनुसार इन्डोनेसियाको जाभा द्विमा शनिबार ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा झण्डै ८२ किलोमिटर मुनि थियो । जुन स्थान इस्ट जाभाको मालाङ सहर नजिक पर्छ ।
भूकम्पमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले प्रारम्भिक जानकारी दिएको छ । तर क्षतिबारे विस्तृत विवरण संकलन जारी छ । एजेन्सी

 

 
 
  
 

You may also like