रुस-युक्रेन तनाव फेरि उत्कर्षमा

काठमाडौं । रुसले युक्रेनमा रहेका आफ्ना नागरिकको रक्षाका लागि आवश्यक परे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।
युक्रेनको सेनाले देशको पूर्वी भागमा सक्रिय पृथकतावादी समूहमाथि आक्रामक कारबाही थाल्ने बताएलगत्तै रुसले पनि जवाफी चेतावनी दिएको हो । युक्रेनका रुसी मूलका पुथक्तावादी समूहलाई रुसले सहयोग र समर्थन गर्दै आएको छ ।

सन् २०१४ देखि युक्रेनको पूर्वी भेग डोनबास लगायतको क्षेत्रमा तनाव जारी छ । पछिल्लो सयम पृथकतावादी समूह र युक्रेनी सेनाबीच झडपका घटनाहरू बढिरहेका छन् । पृथकतावादी समूहमाथि युक्रेनले निर्णायक कारबाही थाल्ने तयारी गरेसँगै रुसले युक्रेनसँगको सीमामा आफ्ना सेनाको तैनाथी बढाएको छ ।

झण्डै २० हजारभन्दा बढी रुसी सेना अहिले युक्रेनको सीमामा तयारी अवस्थामा छन् । युक्रेनमा रहेका रुसी भाषीहरूको रक्षाका लाग आवश्यक परे सैन्य हस्तक्षेप गर्ने रुसी अधिकारीहरूको चेतावनी छ । युक्रेनले रुसी समर्थकहरूलाई निशाना बनाएको खण्डमा त्यो युक्रेनकै लागि पतनको सुरुवात हुने रुसका एक वरिष्ठ सैन्य अधिकारीले बताएका छन् । एजेन्सी

 
 
  
 

You may also like