उपचारमा आर्थिक समस्या परेका २ जनालाइ सैनामैना सेवा समाज युएइको सहयोग

by समतल अनलाइन

टिका खरेल
सैनामैना । आर्थिक अभाव भएर उपचार गर्नबाट बंचित भएका सैनामैनाका २ जना लाइ सैनामैना सेवा समाज यूएइले शनिबार एक कार्यक्रमका बिच आर्थिक सहयोग प्रदान गरेको छ ।

रोजगारीको शिलशिलामा सैनामैनाबाट युएइ पुगेका युवाहरु संगठित भइ स्थापना गरिएको सैनामैना सेवा समाजले आफ्ना सदस्यहरुबाट संकलित रकमबाट उनिहरुलाइ सहयोग प्रदान गरिएको हो । विगत केही महिनादेखी दुवै मृगौलाको समस्याबाट ग्रसित सैनामैना ६ कलौनिमा होटल व्यवशाय गर्दै आएकी गोमा अधिकारी र मानसिक रुपमा समस्यामा परेकी सैनामैना ३ पुष्पनगरकि १६ बर्षिया अस्मिता चौधरीलाइ समाजले सहयोग रकम हस्तान्त्रण गरेको हो । गोमा अधिकारीलाइ २० हजार र अस्मिता चौधरीलाइ समाजको २० हजार रुपैया र समाजका अध्यक्ष केशव ढकालको ब्यतिmगत सहयोग रु ५ हजार गरी कुल रु २५ हजार प्रदान गरिएको हो । सहयोग रकम सैनामैना नगरपालिका का प्रबक्ता रत्न बहादुर पौडेल, वडा नं। ६ का वडा अध्यक्ष बसन्त पाण्डेय तथा समाजका सदस्यहरुले संयुक्त रुपमा हस्तान्त्ररण गर्नूभयो ।

सैनामैना सेवा समाजकि उपाध्यक्ष मंञ्जु थापाको अध्यक्षता, सैनामैना नगरपालिका का प्रबक्ता रत्न बहादुर पौडेलको प्रमुख आतिथ्यता तथा सैनामैना वडा नं। ६ का वडा अध्यक्ष बसन्त पाण्डेयको विशिष्ट आतिथ्यतामा सहयोग रकम हस्तान्त्रण भएको हो । सो अबशरमा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिका का प्रबक्ता रत्न बहादुर पौडेलले बिदेशमा भएरपनि आफ्नो क्षेत्रमा गरेको मानबिय कामप्रति प्रशंसा व्यक्त गर्नुभयो ।

सैनामैनाका युवाहरु देश बाहिर भएर पनि आफ्नो क्षेत्रमा भए गरेको गतिबिधिले समग्र सैनामैनाको विकाशमा टेवा पुग्ने बताउनुभयो । मानसिक समस्यामा परेकी पिडित अस्मिता चौैधरीको उपचारका लागी गरिएको सहयोगले उनको परिवारलाइ राहात मिलेको भन्दै आगामी दिनमा पनि यस्तै संस्थाहरुले सहयोग गरि मानबियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

विशिष्ट अतिथि बसन्त पाण्डेयले सैनामैना सेवा समाजले गरेका सामाजिक कामहरुलाइ आफुले सधै साथ दिने बताउदै युवाहरुले समाजमा यस्ता मानविय कामहरु गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । समाजमा आर्थिक अभावकै कारण कसैले उपचार गर्न समस्या परिरहेका बेला यस्ता कार्यक्रमले सो परिवारमा ठुलो राहात पुगेको बताउदै आगामी दिनमा पनि यस्तै कार्यहरुलाइ निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा मृगौला पिडित गोमा अधिकारीले आफु आर्थिक अबस्था कमजोर भएकै कारण उपचार गर्न नसकेको अबस्थामा संस्थाले गरेको सहयोगले ठुलो राहात मिलेको महसुस भएको बताउनुभयो । मानसिक समस्या भएकी अस्मिता चौधरीकी आमा कुन्जी चौधरीले आफ्नी छोरीको उपचारका लागी परिवारबाट धेरैपटक विभिन्न अस्पतालमा उपचार गर्दा हालसम्म धेरै खर्च गरेको बताउदै अब आफुले उपचार गर्न नसक्ने अबस्थामा आएको बताउनुभयो । उहाले संस्थाले गरेको सहयोगले धेरै सहुलियत मिलेको बताउनुभयो ।
सैनामैना सेवा समाजकी उपाध्यक्ष मंञ्जु थापाले सैनामैना सेवा समाजले नगरभित्र यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गरिसकेको बताउदै आगामी दिनमा पनि यस्तै सामाजिक कामहरु गर्दै जाने बताउनुभयो । रेडियो मलमलाका स्टेशन म्यानेजर टिका खरेलले संस्थाले आर्थिक अभाव भएर उपचार गर्न नपाएकाहरुलाइ सहयोग गरेर प्रशंषनिय काम गरेको बताउदै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा मानिबय कार्यहरु गर्दै जान सुझाव दिनुभयो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा संस्थाका नेपाल विभाग प्रमुख तथा संस्थापक उपाध्यक्ष कृष्ण प्रसाद पाण्डेय,बरिष्ठ उपाध्यक्ष जिबलाल तिवारी, पुर्व सल्लाहकार दिपक कार्की, सदस्य रुप नारायण पौडेल लगायतको सहभागिता थियो । सो कार्यक्रम पत्रकार सुरेन्द्र परियारको संचालनमा सम्पन्न भएको हो । सैनामैना सेवा समाजले २०७६ सालको तिज कार्यक्रममा राहात अभियान चलाइ संस्थाका सदस्यहरुबाट आर्थिक रकम संकलन गरेको हो ।समाजले युएइमा हाल केशव ढकालको अध्यक्षतामा कामहरु गर्दै आएको छ
B

 
 
  
 

You may also like