कपास फ्याक्ट्रीको आगो नियन्त्रणमा आयो

५ आश्विन २०७६, आईतवार

काठमाडौं–भक्तपुरको बालकोटस्थित एक कपास फ्याक्ट्रीमा लागेको आगो नियन्त्रणमा आएको छ ।बिहान ५ बजे अचानक लागेको आगो दमकल, प्रहरी तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा आएको हो ।सूर्यविनायक नगरपालिका–२ बालकोटको रेडक्रस भवन नजिकै रहेको कपास फ्याक्ट्रीका दुई गोदाममध्ये एकमा आगो लागेको स्थानीय राम भट्टराईले जानकारी दिए ।

आगलागीका कारण एउटा गोदाम पूर्ण रुपमा ध्वस्त भएको छ ।क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया