जनसेवा सहकारीको २३ औं साधारण सभा

by समतल अनलाइन

टिका खरेल
सैनामैना । साबिक दुधराक्ष गाबिसको वडा नंं १ मा २३ बर्ष पहिले ५ रुपैया बचत बाट सञ्चालन भएको सहकारीले अहिले आफ्नो २३ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
राम प्रसाद न्यौपानेको नेतृत्वमा ४१ जना सदस्यहरुबाट शुरु भएको सहकारीले एकका लागि सबै, सबैका लागि एक भन्ने सहकारीको मुल भावनालाई आत्मसाथ गदै यहाँ सम्म आएको छ ।
यस क्षेत्रमा छरिएर रहेको स–सानो पुँजी र जन शक्तिलाई ब्यबस्थित र संगठीत ढंगले संकलन तथा परिचालन गरी जनताको जिवनस्तर उठाँउने, प्रबद्र्धन गर्ने उद्येश्यले स्थापित यस संस्थाले २३ औ बर्षमा आउँदा बिभिन्न शिर्षकमा २६ करोड ६३ लाख ११ हजार ७ सय चौध आम्दानी र बिभिन्न शिर्षकमा २ करोड ३९ लाख ८ हजार ५७ खर्च घटाई २४ लाख ३ हजार ६ सय ५६ नाफा गर्न सफल रहेको छ ।
सहकारीले आज सम्म आउँदा शेयर धनिहरुलाई कृषि, पशुपंक्षि, ब्यापार ब्यवसाय, उद्योग लगाएतका क्षेत्रमा लगानी गरि आर्य आर्जनमा सहयोग गरेको अध्यक्षको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सरकारको तिन खम्बे निति अनुसार सहकारी लाई एकखम्बाको रुपमा लिएको प्रदेश सभा सदस्य भुमिश्वर ढकालले बताए । शेयर सदस्यको आर्थिक समृद्धिको लागि सहकारी मार्फत सहज तरिकाले बिभिन्न क्षेत्रमा लगानि गरि तिनहरुको आयआर्जनमा महत्वपुर्ण भुमिका रहेको ढकालको बताउनुभयो ।

स्थानिय सहकारले एउटै प्रकृतिको सहकारी समायोजन गर्ने निति लिएको सैनामैना नगरपालिकाकाी उप प्रमुख बिना रानाले बताउनुभयो । एउटै प्रकृतिको धेरै सहकारी स्थापना गर्नु भन्दा ठुलो आकारको एउटै सहकारी सञ्चालन गर्दा शेयर सदस्यलाई धेरै फाईदा हुने उहाँको भनाई थियो ।

अव सहकारीमा प्राप्त पुजि भएकोले सहकारीमार्फत आयआर्जन हुने खालका योजना संचालन गरिनु पर्ने सैनामैना वडा नंं ८ का कार्यबाहक अध्यक्ष ईश्वरी भण्डारीले बताउनु भयो ।
संस्थाका अध्यक्ष धर्मागत बस्यालको अध्यक्षता, प्रदेश सभा सदस्य भुमिश्वर ढकालको उपस्थितीमा सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिकाकी उप प्रमुख बिनाराना, बचत तथा रिण सहकारी संघका सचिब सन्दिप सापकोटा, देवि कार्की, बुद्धि प्रसाद न्यौपाने, शोभा ज्ञवाली, राम प्रसाद न्यौपाने लगायतले बोलेका थिए ।
संस्थाले आफ्नो साधारण सभाको उपलक्ष्यमा बिभिन्न शिर्षकमा शेयर सदस्यहरुलाई सम्मान गरेको थियो । जस मध्ये जेष्ट सदस्य ३ जना, बढि बचत गर्ने बाल बचत कर्ता, ऐच्छिक बचत कर्ता, नियमित बचत कर्ता , सफल ब्यबसायीलाई सम्मान गरेको थियो । त्यस्तै संस्थाले प्रत्येक बर्ष गदै आएको उत्कृष्ट कर्मचारी सम्मानमा यस बर्ष संस्थाका बरिष्ट ब्यबस्थापक रामप्रसाद न्यौपानेलाई सम्मान गरेको थियो ।

 
 
  
 

You may also like