जापानमा ५.८ म्याग्निच्युडको भूकम्प

काठमाडौं। जापानको चिबास्थित आइतबार बिहान ५ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय समय अनुसार ९ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।

चिनियाँ मिडिया सिन्ह्वाका अनुसार ५० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो ।गत साता उत्तरपूर्वी क्षेत्रमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको थियो ।

६० किलोमिटर गहिराइमा गएको उक्त भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी दिइएको थियो । एजेन्सी

 
 
  
 

You may also like