समृद्धिका लागि सबै दलको एकता आवश्यक : राष्ट्रपति भण्डारी

by समतल अनलाइन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन आह्वान गरेकी छन् ।

संविधान सफलताका साथ कार्यान्वयन हुँदै गइरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरुले मुलुकको आर्थिक समृद्धि हासिल गर्न पनि एकजुट भएर अग्रसर हुने विश्वास व्यक्त गरिन् ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पनि प्रशंशा गरिने् ।

राष्ट्रपति भण्डारीले तत्कालीन नेपाली कांग्रेसका सभापति समेत रहेका स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएका योगदानको चर्चा गरिन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’बाट सम्मान गरेकी थिइन् ।

 
 
  
 

You may also like