देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौँ । शुक्रबार दिनभरजसो नै देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार देशका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

मनसुनी गतिविधिकै कारण हाल देशभर नै बलदी तथा वर्षा भइराखेको छ । नेपालबाट मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गरेको मौसमविद्ले बताएका छन् ।

तर, यो वर्ष ढिलो गरी भित्रिएको मनसुन सामान्य भन्दा लामो अवधि रहने देखिएको छ ।

 
 
  
 

You may also like