समाजवादी पार्टी पोखरा १५ को अध्यक्षमा जसबहादुर गुरुङ

by समतल अनलाइन

हुम तमु
पोखरा। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल विचको एकता पश्चात गठित समाजवादी पार्टी पोखरा १५ मा जसबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ।

पोखरा १५, तल्लो नयाँगाउँस्थित जनजागृति आमा समुहको भवनमा आयोजित वडा समायोजन तथा सपथ ग्रहण कार्यक्रमले वडा समितिको उपाध्यक्षमा इन्द्रबहादुर छन्त्याल, सचिवमा प्रमेश गुरुङ, सहसचिवमा पुनम थापा र कोषाध्यक्षमा टकबहादुर गुरुङ चयन हुनुभएको छ।

यसरी नै सदस्यहरुमा दुर्गा परियार, रमेश गुरुङ, दिपक गुरुङ, पुनम गुरुङ,फुलमाया दर्जी, अमृत श्रेष्ठ, गणेश श्रीस मगर र खेमबहादुर गुरुङ चयन हुनुभएको छ। नवनिर्वाचित समितिको घोषणा समाजवादी पार्टीका प्रदेश सदस्य क्या.नरेश थापाले गर्नुभएको थियो।

नवनिर्वाचित वडा समितिलाई पोखरा महानगर समितिका अध्यक्ष टिकाराम पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुहुदै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष गुरुङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुहुदै पोखरा १५ लाई समाजवादीमय बनाउने उद्घोष गर्नुहुदै नेताहरु जनतासँगै एकाकार हुन वडामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

यस अघि कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सह–इञ्चार्ज धनप्रसाद तामाङल मुलुकको आवाश्यकले नै समाजवादी पार्टी गठन भएको बताउनुभयो। पुरानो पार्टीबाट न त मुलुक समृद्ध बन्दछ, न त नागरिकले पहिचान, हक, अधिकार, सुविधा, सुशासन नै पाउने भएकाले वैकल्पिक शक्ति समयको मागले नै पहिचान र अधिकारका पक्षमा जुझिरहेका पार्टीहरु एकिकृत भई समाजवादी पार्टी बनेको बताउनुभयो।आम जनता सचेत, आफ्नो क्षेत्रमा सक्रियता हुदै समाजवादी मार्गमा आवद्ध हुन आग्रह गर्नुभयो।

कार्यक्रममा समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा तमुवान राष्ट्रिय समिति भेला आयोजक संयोजक हुमबहादुर तमु, केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष हेमबहादुर थापा, केन्द्रीय सदस्य पानबहादुर घर्ती, समाजवादी नेतृ ज्ञानु शर्मा, जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ लगायतले पार्टीको सैद्धान्तिक, व्यवहारिक र वर्तमानको आवाश्यकताका विविध पक्षमा मन्तव्यका साथ शुभकामना व्यक्त गर्नुभएको थियो भने जिल्ला सदस्य सु.नौबहादुर गुरुङले समसामयिक कविता वाचन गर्नुभएको थियो।

जसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत इन्द्रबहादुर छन्त्याल र सञ्चालन डिबी गुरुङले गर्नुभएको थियो।

 
 
  
 

You may also like