संघीय संसदको चौथो अधिवेशन अन्त्य, ६० दिनमा १ सय ९३ घण्टा काम, १७ विधेयक पारित

by समतल अनलाइन

बाठमाण्डौ । संघीय संसदको चौथो अधिवेशन बिहीबार अन्त्य भएको छ । १६ वैशाख २०७६ बाट सुरू भएको प्रतिनिधिसभाकोे बैठक बिहीबारसम्म १ सय ४४ दिन चालू रहेको सभामुख कृष्णबहादुर महराले बताए ।

६० दिनमा ६५ पटक बैठक बसी जम्मा १ सय ९३ घण्टा ४० मिनेट ससंदीय काम कारबाही भएको र यो अवधिमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक २ पटक बसी ४ घण्टा ५ मिनेट समय खर्च भयो । अधिवेशनले नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी २४ वैशाखमा बहुमतबाट पारित गरेको, आर्थिक वर्ष २०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल गरी १५ जेठमा राजश्व र व्ययको वार्षिक अनुमान बजेट बहुमतबाट पारित गरेको थियो ।

यो अधिवेशनमा प्रतिनिधिसभामा १७ वटा सरकारी विधेयक दर्ता भएकोमा ७ वटा संघीय संसदको दुवै सदनबाट पारित भएको, ५ विधेयक सभामा प्रस्तुत हुन बाँकी रहेको छ, ४ विधेयक सम्बन्धित समितिहरूमा विचाराधीन अवस्थामा छन् ।

सभामुख महराले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५ प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको जनाए ।

 
 
  
 

You may also like