नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय प्रथम भेला सम्पन्न ,१३ सदस्यीय तदर्थ समिति गठन

by समतल अनलाइन

पोखरा । लुम्बिनी प्रदेशको रुपन्देहीबाट स्थापना भएको युवाहरुको लोकप्रिय सामाजिक संस्था नमस्ते नेपाल देशव्यापी बिस्तारको क्रममा गण्डकी प्रदेशमा प्रथम भेला सम्पन्न गरेको छ। नमस्ते नेपालले प्रथम प्रदेश स्तरीय फेला गण्डकी प्रदेशबाट सुरु गरेको हो ।

कार्यक्रम गण्डकी प्रदेशको राजधानी पोखरामा स्थित फुडि रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा झण्डै १५० जना युवाको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रम संस्थाका केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश भेलाका संयोजक भुवन सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नितेश खरेल (अर्जुन) को प्रमुख वक्तामा रूपमा उपस्थिति रहेको थियो । यस्तै कार्यक्रमा संस्थाका केन्द्रीय अध्यक्ष मनिष भुसाल, केन्द्रीय सचिव सन्दिप पौडेल क्षेत्री, संस्थापक सदस्य हरी न्यौपाने, विशाल न्यौपाने लगायत वर्तमान केन्द्रीय कार्यसमिति उपाध्यक्ष शुशिल सुवेदी, केन्द्रीय कार्यसमिति सदस्य मधुसुदन नेपाल (बिपिन) र अभिसेक कार्कीको पनि उपस्थिति रहेको थियो ।

भेलाबाट संयोजकमा सन्तोष पौडेल, सह-संयोजकमा सन्देश पौडेल, सदस्य सचिवमा राजन अधिकारी, सदस्यमा शुभम पंगेनी, राजु सुवेदी, जनक अधिकारी, विजय खनाल, श्रवण कुमार सुनुवार, विशाल नायक क्षेत्री, लिलाधर भट्ट, गौरव विकविक, आरसन क्षेत्री र गोबिन्द अधिकारी गरि १३ सदस्यीय तदर्थ समितिको गठन भएको छ ।

उक्त तदर्थ समितिले ६ महिनाभित्र प्रदेश अधिवेशन र एक महिना भित्र गण्डकी प्रदेशका ११ ओटै जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको संस्थाका केन्द्रीय उपाध्यक्ष शुशील सुवेदीले जानकारी दिए ।

 
 
  
 

You may also like